संखुवासभा कैदी मृत्यु प्रकरणः निश्पक्ष छानबिन गर्न आफन्तको माग

श्रावण २५, २०८० | संखुवासभा

कैदीबन्दीबीच भएको झडपका क्रममा दुई जनाको मृत्यु भएपछि संखुवासभामा मृतका परिवार र प्रशनसनबीचको विवाद चर्किएको छ ।

जिल्ला कारागारस्थित शौचालयको झ्याल काटेर भाग्न लागेका नुवाकोटको ककनी गाउँपालिका ७ का आकाश वलामी र संखुवासभाको मादी नगरपालिका ५ का बिनोद तोलाङलाई नियन्त्रणमा लिएपछि भएको कुटपीटमा परि उनीहरुको मृत्यु भएको प्रहरीको भनाई छ ।  

सुरक्षा घेराभित्र रहेका व्यक्तिको कुटपीटबाट हत्या हुँदा प्रहरी प्रशासन मौन बसेको आरोप उनीहरुले लगाएका छन् । प्रहरीले सिसि टिभी क्यामेरा फुटेज सार्वजनिक गर्नुपर्ने आफन्तको माग छ ।

यसैबीच प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले घटनाबारे सत्यतथ्य सार्वजनिक गर्ने र प्रहरी, कारागार प्रशासनका कर्मचारी संलग्न भए आवश्यक कारबाही गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । २५ जना क्षमताको सो कारागारमा १ सय ३६ जनाले कैद सजाए भोगिरहेका छन् ।   


प्रतिक्रिया