कारागार प्रमुख र सुरक्षाकर्मी विरुद्ध प्रहरीमा किटानी जाहेरी

श्रावण २७, २०८० | संखुवासभा

संखुवासभाको जिल्ला कारागारमा भएको दुई कैदीबन्दी मृत्यु प्रकरणमा कारागार प्रमुख र सुरक्षाकर्मीविरुद्ध मृतकका परिवारले किटानी जाहेरी दिएका छन् । पीडित परिवारले जिल्ला कारागारका निमत्ति प्रमुख राजेन्द्र घिमिरे र प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी लगायतविरुद्ध जिल्ला प्रहरीमा उजुरी दर्ता गराएका हुन् ।

जिल्ला कारागारमा रहेका संखुवासभाको मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको कुटपिटबाट बुधबार बिहान मृत्यु भएको थियो । मादी–५ का ३० वर्षीय प्रकाश तोलाङ्गीले कारागार प्रमुख र कारागार सुरक्षाकर्मी लगायतविरुद्ध उजुरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डीएसपी वीरेन्द्र गोदार बताउनुभयो । कैदीहरुको कुटपिटबाट मृत्यु भएपछि पीडितका आफन्तले शवको पोष्टमार्टम नगरी विरोध गर्दै आएका थिए ।


प्रतिक्रिया