मुगुमा जिप दुर्घटना हुंदा ४ जनाको मृत्यू , ५ घाइते

श्रावण २९, २०८०

मुगुको सोरु गाउंपालिकामा जिप दुर्घटना हुदा ४ जनाको मृत्यू भएको छ । पांचजना गम्भिर घाइते भएको तारापानी प्रहरी चौकी इन्चार्ज रमानन्द उपाध्यायले जानकारी दिनुभयो । 

सोरुकोटबाट गमगढी तर्फ जाादै जिप सिपपहिरो भन्दा १० मिनेट पर सडकको डिलबाट खस्दा ९ जना यात्रु मध्ये २ जनाको घटनास्थलै २ जनाको सिप हेल्थपोष्टमा मृत्यू भएको हो । मृतकको सनाखत हुन सकेको छैन । 


सोरु गाउापालिका ५ नेर गाउाका लोकजंन नेपाली, गोबिन्दशाही वडा २ का दिनेश लावड र २ जना हुम्लाका रहेको तारापानी प्रहरी चौकीले जनाएको छ । तारापानी प्रहरी चौकी र स्थानीयले घाइते तथा मृतकको उद्धार गरेका छन् । जिप दुर्घटनामा गम्भिर घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल ठिनी लगिएको छ । 


प्रतिक्रिया