बिजनेसविहीन प्रदेशसभा, डेढ महिनादेखि ठप्प

श्रावण ३०, २०८०

बाग्मती प्रदेशसभा डेढ महिनादेखि ठप्प छ । चालू आर्थिक वर्षका लागि बजेट पारित गरेपछि अनिश्चितकालका लागि स्थगित भएको प्रदेशसभाको बैठक अझै बस्न सकेको छैन । सर्वदलीय सहमति पश्चात् बहुमतबाट बजेट पारित गरेसंगै गत असार २१ गतेबाट अनिश्चितकालका लागि प्रदेशसभा बैठक स्थगित भएको थियो । असार १२ गतेदेखि बजेटमाथिको छलफल गर्न बैठक राखिए पनि प्रतिपक्षी दलको अवरोधका कारण सदन अवरुद्ध बनेको थियो ।

निरन्तर ४ वटा बैठकमा प्रतिपक्षी एमाले, राप्रपा र नेमकिपाले मोर्चाबन्दी गरेर प्रदेशसभामा अवरोध सिर्जना गरेपछि सरकारले उनीहरुसंग सहमति गरेर बजेट पास गरेको थियो । सरकारले सदनलाई बिजनेस दिन नसकेको र विपद्को समयमा समेत सदन सञ्चालन नगरी जनताको गुनासो सम्बोधन गर्न छाडेर जिम्मेवारीबाट पन्छिरहेको प्रतिपक्षी दलले आरोप लगाएका छन् । सरकारले सदनमा नयां विधेयक दर्ता नगर्दा कानून निर्माणको प्रक्रिया समेत ठप्प छ । 


प्रतिक्रिया