नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान बाँकी छ : गृहमन्त्री श्रेष्ठ

भाद्र २, २०८० | कास्की

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान बाँकी रहेको बताउनुभएको छ । पोखरामा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री श्रेष्ठले अनुसन्धान जारी रहेकोले थप कोही दोषी देखिए ती व्यक्तिमाथि पनि अनुसन्धान हुने बताउनुभयो । अर्को प्रसंगमा उहाँले गठबन्धन दलको निर्णयका आधारमा भ्रष्टाचार सम्बन्धी अनुसन्धान नरोकिने बताउनुभयो ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि ललिता निवास जग्गा प्रकरणमा अनुसन्धान नगर्ने तयारी भइरहेका बेला गृहमन्त्री श्रेष्ठको धारणा बाहिर आएको हो । उहाँले

ललिता निवास जग्गा प्रकरणमा कीर्ते र संगठित अपराधको मात्र अनुसन्धान भएको जानकारी दिनुभयो । यसैबीच गृहमन्त्री श्रेष्ठले वर्तमान सरकारले शान्ति प्रक्रियाका बाँकी कामलाई पुरा गर्नुपर्ने दायित्व भएकाले राजनीतिक दवावमा नपर्ने बताउनुभयो । 


प्रतिक्रिया