एन्फा महिला लिगमा पुलिसको जित
माघ १, २०८१ | काठमाडौं
ललितपुरमा जारी एन्फा महिला फुटबल लिगअन्तर्गतको खेलमा विभागीय टोली नेपाल पुलिस क्लब विजयी भएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको पुलिसले स्याङ्जाको वालिङ नगरपालिकालाई ४–१ ले पराजित गर्यो । पुलिसका लागि निरु थापाले १५ मिनेटमा पहिलो गोल गरिन् ।
अनुस्का शेर्पाले २८ मिनेटमा अग्रता दोब्बर पार्दा पूजा रानाले ३२ मिनेटमा तेस्रो गोल गरिन् ।
वालिङकी धना बोहराले ४६ मिनेटमा आत्मघाती गोल गर्दा पुलिस ४–० गोलले अघि बढ्यो ।
वालिङकी यशोदा चिरालले ८५ औं मिनेटमा सन्त्वना गोल फर्काइन् ।
जारी लिगमा पुलिसले वालिङलाई हराएको यो तेस्रो पटक हो ।
जितसँगै पुलिस ५ खेलबाट १० अंक जोड्दै तेस्रो स्थानमा छ ।
पहिलो लेगमा एपिएफसँग हारेको पुलिसले आर्मीसँग बाराबरी खेलेको थियो ।
बागमती र वालिङ विरुद्ध भने जित दर्ता गरेको छ ।
वालिङको यो लगातार पाँचौं हार हो ।
उसले अंकको खाता खोल्न सकेको छैन ।
४ खेल जितेको एपिएफ १२ अंकसहित शीर्ष स्थानमा छ ।
त्रिभुवन आर्मी १० अंकसहित दोस्रो र ३ अंक जोडेको बागमती चौंथो स्थानमा छ ।
लिगअन्तर्गत भोली हुने खेलमा त्रिभुवन आर्मी क्लब र बागमती युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।