५९ दिनपछि बागमती प्रदेशसभाको बैठक आज बस्दै

भाद्र १८, २०८० | हेटौंडा

चालू आर्थिक वर्ष २०८०/८१ को बजेट पारीत गरेसागै रोकिएको बागमती प्रदेश सभाको बैठक आज बस्दैछ । लगातार सूचना टाँस भएर स्थगीत भएको बैठक ५९ दिनपछि बस्न लागेको हो ।

हेटौंडा स्थित प्रदेशसभाको भवनमा अपरान्ह साँढे १ बजे बस्ने बैठकमा छलफल हुने एजेण्डा तय गर्न कार्यव्यवस्था समितिको बैठक बस्दैछ । सरकारले प्रदेशसभा सञ्चालनका निम्ति विजनेस दिन नसकेपछि बैठक लगातार स्थगित हुँदै आएको हो ।

प्रदेश सभामा सरकारले केही विधेयक दर्ता गरेसँगै वैठक आहृवान गरिएको छ । प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताका अनुसार सरकारका तर्फबाट हालसम्म ३ वटा विधेयक सदनमा दर्ता भएका छन् ।

प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले थप २ वटा नयाँ विधेयक दर्ताको तयारी भएको बताउनुभयो । 


प्रतिक्रिया