गाउंभर भाइरल ज्वरोका बिरामी

भाद्र १८, २०८०

मुगुको सोरु गाउंपालिका अन्तर्गतको तलितिब्रु, रावलबाडा, भादगाउ, माथिलिब्रु लगायत गाउंमा ज्वरोका बिरामी बढेका छन् । एक सातादेखि फैलिएको ज्वरोका कारण ५ बर्ष देखि ४० बर्ष सम्मका बढी प्रभावित बनेको हाम्रा सहकर्मीले जनाएका छन् ।

स्कुले विद्यार्थी ज्वरोले थला परेपछि पढाईमा बाधा भएको गुरु बर्मा आधारभूत विद्यालयका प्रधानानध्यापक भानुभक्त मल्ले बताउनुभयो । १० बर्ष मुनिका बालबालिका भाइरत ज्वरोका कारण बढी प्रभावित भएका छन् । रावलबाडा दलित बस्तीमा भाइरल ज्वरो फैलिएको सोही गाउााका चन्द नेपालीले बताउनुभयो । 

स्वास्थ्य संस्थामा औषधि किन्ने र जांच गराउने बिरामीको चाप बढेको छ । गाउंभर भाइरल ज्वरो फैलिएपछि औषधि सहित स्वास्थ्यकर्मी खटाइएको सोरु गाउाापालिकाका स्वास्थ्य संयोजक चरित्र धामीले बताउनुभयो । मौसम परिवर्तन हुन थालेपछि भाइरल ज्वरो फैलिएको उहांको भनाई छ । 


प्रतिक्रिया