प्रदेश सासंद अनिरुद्र सिंह यादव पक्राउ

भाद्र १८, २०८० | राजविराज

सप्तरीबाट निर्वाचित प्रदेश सभा सदस्य अनिरुद्र प्रसाद सिंह यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

मुलतबी रहेको ज्यान मुद्धाका आरोपी रहेका प्रदेश सभा सदस्य यादवलाई राजविराजवाट आज नियन्त्रणमा लिईएको सप्तरीका एसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । माओवादी नेता गोबिन्द चौधरीको हत्यामा संलग्न रहेको घटनामा ०६४ सालदेखी चलेको मुद्धामा यादव समेत आरोपी थिए । 

यादवमाथिको मुद्धा अहिलेसम्म मुलतबीमा थियो । एसपी कार्कीले पक्राउ गरिएका प्रदेश सभा सदस्य यादवलाई अदालतमा पेश गरिएको बताउनुभयो । विगतमा जनता समाजवादी पार्टीमा रहेका अनिरुद्र गत प्रदेश सभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ४ ख बाट प्रदेश सभामा स्वतन्त्र उम्मेदवार भई बिजयी भएका थिए । 


प्रतिक्रिया