गांउपालिका अध्यक्ष धरौटीमा रिहा

भाद्र १९, २०८० | राजविराज

भ्रष्टाचार मुद्धामा अख्तियारको नियन्त्रणमा रहेका सप्तरीको बिष्णुपुर गांउपालिका अध्यक्ष उमेशप्रसाद यादवसहित तीनजना धरौटीमा रिहा भएका छन् । घुस लिई भ्रष्टाचार गरेको मुद्धामा सप्तरीको बिष्णुपुर गांउपालिकाका अध्यक्ष उमेश प्रसाद यादव, लेखापाल टेकनारायण यादव र एमआईएस अपरेटर बिरेन्द्रकुमार यादव आज विशेष अदालतको आदेशमा धरौटीमा रिहा भएका हुन् ।

विशेष अदालतका अध्यक्ष न्यायाधीस श्रीकान्त पौडेल र सदस्य न्यायधीस शालिग्राम कोईरालाको इजलासमा आज भएको थुनछेक बहसमा पालिका अध्यक्ष यादवलाई दुई लाख र लेखापाल तथा अपरेटरलाई जनही ३Ö३ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको विशेष अदालतका उप रजिष्ट्रार धनबहादुर कार्कीले जानकारी दिनुभयो । सोलार बत्ती जडान सम्बन्धी योजनामा घुस मागेको निवेदन पछि अख्तियारको इटहरीवाट आएको टोलीले गत साउन ३१ गते लेखापाल टेकनारायण र अपरेटर बिरेन्द्रलाई २ लाख नगद र ३ लाख रुपैयाको चेक घुस वापत लिदै गरेको अबस्थामा राजविराजको गजेन्द्र चौक नजिकवाट नियन्त्रणमा लिएको थियो । सो घुस प्रकरणमा मिलेमतो रहेको भन्दै अख्तियारले भदौ ६ गते पालिका अध्यक्ष उमेश प्रसाद यादबलाई पनि नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिईएका तिनैजनाको मंगलवार बिशेष अदालतमा भएको थुनछेक बहसमा धरौटीमा छोडने आदेश भएको हो ।

यसैबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको विष्णुपुर गाउापालिकाका अध्यक्ष उमेशप्रसाद यादब, लेखापाल टेकनारायण यादव र एमआईएस अपरेटर बिरेन्द्रकुमार यादबविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । तीनै जनालाई पांच पांच लाख बराबरको बिगो दाबी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो । 


प्रतिक्रिया