कैदी मृत्यु प्रकरण : ७ प्रहरी र ८ कैदीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता

भाद्र २२, २०८०

संखुवासभा जिल्ला कारागारमा भएको कैदी हत्या प्रकरणमा सरकारी वकिल कार्यालयले ७ प्रहरी र ८ जना कैदीविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर गरेको छ । 

सरकारी वकिल कार्यालयले प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी, प्रहरी जवान सुमन गुरुङ, हवल्दार राजकुमार श्रेष्ठ, जवान पवन कुमार महतो, कारागारका सुरक्षा गार्ड दमन सिंह राई र नुसन राई विरुद्ध जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गराएको हो ।

त्यस्तै, कैदीहरु राम कार्की, अनिस शर्मा कट्टेल, सचिन राई, सुमन सारुमगर, टीकाराज चौहान, नवीन कुमार राई ईन्द्रध्वज घिमिरे, मिनबहादुर तामाङविरुद्ध पनि कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको हो ।

कारागारमा रहेका संखुवासभाको मादीका विनोद तोलांगी र नुवाकोटको ककनीका आकाश बलामी गत साउन २४ गते कारागारको झ्याल फोडेर भाग्न खोजेका थिए । सोही क्रममा कुटपिटबाट उनीहरुको मृत्यु भएको थियो । 


प्रतिक्रिया