भक्तपुरबाट ल्याइएका १५ कैदी जिल्ला प्रहरी कार्यालय सारियो

भाद्र २८, २०८० | पर्सा

पर्साको वीरगञ्ज–४ विर्तास्थित बाल सुधार गृहका १५ जना कैदीलाई स्थानान्तरण गरिएको छ । गृहबाट १५ जना कैदीलाई जिल्ला प्रहरी कार्यालयमा स्थानान्तरण गरिएको पर्साका प्रहरी उपरीक्षक कोमल बिक्रम शाहले जानकारी दिनुभयो । भदौ ८ गते भक्तपुर बाल गृहबाट ल्याइएका र सोही गृहमा बस्दै आएका कैदीहरुको समूहबीच मंगलबार राति झडप भएको थियो ।

भक्तपुर बाल सुधार गृहबाट ल्याइएका १८ मध्ये १५ कैदीलाई तत्काललाई गृहबाट जिल्ला प्रहरी कार्यालयमा ल्याएर राखेपछि गृहको स्थिति सामान्य बनेको प्रहरी उपरीक्षक शाहले जानकारी दिनुभयो । स्थानान्तरण गरिएको कैदी बारे गृह मन्त्रालय वा महिला तथा बालबालिका मन्त्रालयले थप निर्णय नगरेसम्म उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमै राखिने उहाँले बताउनुभयो ।

भक्तपुरबाट सरुवा भई आएका कैदीहरुले आफूलाई अविलम्ब भक्तपुरनै फिर्ता पठाउनु पर्ने माग गर्दै गृहका होल कमाण्डर सुरज यादव र कमाण्डर ललित भुजेललाई कुटपिट गरेपछि मंगलबार राति २ समूहबीच झडप भएको थियो ।


प्रतिक्रिया