डुबेर एकै परिवारका दुई जनाको मृत्यु

आश्विन १, २०८० | नवलपुर

पूर्वी नवलपरासीको गैंडाकोटस्थित नारायणी नदीमा डुबेर एकै परिवारका दुई जनाको मृत्यु भएको छ । गैंडाकोट नगरपालिका–७ का सुमन कुमालका छोरा १४ वर्षीय सबिन र ९ वर्षीय सुमनको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डीएसपी बेद बहादुर पौडेलले बताउनुभयो । नदीमा डुबेर घाइते भएका बालकलाई उपचारका लागि चितवन मेडिकल कलेजमा पु¥याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । 


प्रतिक्रिया