कांग्रेसको केन्द्रिय समिति बैठकमा ३१ जनाले राखे धारणा

आश्विन ७, २०८० | काठमाडौं

नेपाली कांग्रेसको केन्द्रिय कार्यसमिति बैठकमा आज ३१ जना केन्द्रिय सदस्यले आफ्नो धारणा राखेका छन् । ललितपुरको सानेपास्थित पार्टी मूख्यालयमा विहिबारबाट सुरु भएको बैठकमा आज गण्डकी प्रदेशका मुख्यमन्त्री समेत रहेका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डे, सुजाता परियार, चिनकाजी श्रेष्ठ, लक्ष्मी परियार, कान्तिका सैजुवाल, कर्णबहादुर बुढा लगायतका सदस्यहरुले आफ्नो धारणा राखेका छन् ।

 बैठकमा अहिलेसम्म ८७ जना केन्द्रिय सदस्यहरुले बोलिसकेका छन् । बैठक भोलि ११ बजे बस्ने नेपाली कांग्रेसको जनाएको छ । 


प्रतिक्रिया