लामिछाने विरुद्धको मुद्दाको सुनुवाई स्थगित

रेडियो कान्तिपुर संवाददाता

आश्विन ७, २०८० | काठमाडौं

नाबालिग बलात्कारको मुद्धा खेपिरहेका क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दाको सुनुवाई आज पनि स्थगित भएको छ । जिल्ला अदालत काठमाण्डौंमा आज सुनुवाईका लागि पेशी तोकिए पनि न्यायधीशको अभावका कारण स्थगित भएको सूचना अधिकारी दीपक दाहालले बताउनुभयो । यसअघि गत असोज १ गतेका लागि पेसी तोकिए पनि न्यायाधीशको सरुवा र बढुवाका कारण स्थगित भएको थियो । 


प्रतिक्रिया