संस्कृत विश्वविद्यालय र कानपुर विश्वविद्यालयबीच सम्झौता

आश्विन ११, २०८० | दाङ

नेपाल संस्कृत विश्वविद्यालय र भारत उत्तर प्रदेशको कानपुरस्थित छत्रपति साहुजी महाराज विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता भएको छ । कानपुर विश्वविद्यालको ३८ औं दीक्षान्त समारोहको अवसर दुई देशका विश्वविद्यालबीच ज्ञानको आदानप्रदान, अध्ययन अनुसन्धानमा सहकार्य, विभिन्न अन्तर्राष्ट्रिय गोष्ठी, सेमिनार आयोजना, संयुक्त शैक्षिक कार्यक्रम तयार गर्ने लगायत बुँदामा सम्झौता भएको हो ।

सम्झौता पत्रमा कानपुर विश्वविद्यालयका उपकुलपति प्राध्यापक विनय कुमार पाठक र नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक यादव प्रकाश लामिछानेले हस्ताक्षर गर्नुभयो ।

सो अवसरमा कानपुर विश्वविद्यालयका उपकुलपति पाठकले यस सम्झौताबाट नेपाल र भारतबीच शैक्षिक सहकार्य र विकासको ढोका खुलेको बताउनुभयो । यसैगरी संस्कृत विश्वविद्यालयका उपकुलपति लामिछानेले संस्कृत शिक्षा र पूर्वीय दर्शनको विकासमा यो सम्झौताले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।


प्रतिक्रिया