रोहिणीमा ४० करोड लगानीमा सिसा उद्योग सञ्चालन

आश्विन १४, २०८० | रुपन्देही

रुपन्देहीको रोहिणी गाउँपालिका–४ छिपागढमा निजी क्षेत्रको ४० करोड रुपैयाँ लगानीमा सिसा उद्योग सञ्चालनमा आएको छ । केडिया अर्गनाइजेशन अन्तर्गतको वृज सेफ्टी ग्लास उद्योगले अत्याधुनिक उपकरण जडान गरी उत्पादन सुरु गरेको छ ।

कारखानामा १२ हजार वर्ग फिट सिसा उत्पादन गर्ने क्षमता रहेको अर्गनाइजेशनका प्रबन्ध निर्देशक उत्सव केडियाले बताउनुभयो । सो उद्योगमा २ सय जना बढीले रोजगारी पाएका छन् । 


प्रतिक्रिया