सुन प्रकरणमा चिनियाँ नागरिकसहित थप ३ जना पक्राउ

आश्विन १६, २०८० | दोलाखा

दोलखाको बरामद भएको ११ केजी सुन प्रकरणमा एक चिनियाँ नागरिकसहित थप ३ जना पक्राउ परेका छन् । काठमाडौंको स्वयम्भूबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले चिनियाँ नागरिक ग्वाङ रोउ तथा नेपाली नागरिक लालबहादुर तामाङ र सनथ प्रधानलाई नियन्त्रणमा लिएको हो । 

उनीहरुलाई थप अनुसन्धानका लागि दोलखा लगिदैछ । ११ केजी सुन प्रकरणमा १० जना पक्राउ परिसकेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया