कान्तिपुरकर्मी सन्जु पौडेल पुरस्कृत
आश्विन १९, २०८० | तिलोत्तमा
कान्तिपुरकर्मी सन्जु पौडेल पुरस्कृत भएकी छन् । पत्रकारिता मार्फत रुपन्देहीको आर्थिक क्षेत्रमा पुर्याएको योगदानको सम्मान स्वरुप कान्तिपुरकर्मी पौडेललाई उद्योग वाणिज्य संघ बुटवलले पुरस्कृत गरेको हो ।
संघको ७० औं साधारणसभा तथा २५ औं अधिवेशन अवसरमा शुक्रबार आयोजित एक कार्यक्रममा कान्तिपुरकर्मी पौडेललाई पुरस्कार प्रदान गरिएको हो ।
रुपन्देहीको आर्थिक क्षेत्रमा समाचार मार्फत योगदान पुर्याएको भन्दै कान्तिपुरकी रुपन्देही संवाददाता पौडेललाई आर्थिक पत्रकारिता पुरस्कार प्रदान गरिएको संघले जनाएको छ ।
बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले पुरस्कार हस्तान्तरण गर्नुभयो । पौडेललाई सम्मान पत्र र नगद राशी प्रदान गरिएको थियो ।