खाद्य, व्यवस्थाद्धारा बर्दियामा धान खरिद प्रक्रिया सुरु

आश्विन २९, २०८० | बर्दिया

खाद्य, व्यवस्था तथा व्यापार कम्पनीको बर्दियास्थित शाखा कार्यालयले धानको मूल्य कायम गरेपछि आजबाट खरिद प्रक्रिया सुरु गरेको छ ।

यस वर्ष मोटा धानको मूल्य प्रति क्विन्टल ३ हजार १ सय ९८ रुपैयाँ तोकिएको छ । मध्यम र मकवानपुर धान खरिदका लागि केन्द्रले मूल्य नतोकेका कारण खरिद प्रक्रिया ढिलो हुने भएको कार्यालयले जनाएको छ ।

स्थानीय स्तरमा धान खरिदका लागि जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, कृषि ज्ञान केन्द्र, स्थानीय भौरा टप्पु कृषक समन्वय समितिका प्रतिनिधि, केन्द्रका प्रमुख रहेको मूल्य निर्धारण समितिले निर्णय गरेपछि खरिद प्रक्रिया हुने गर्छ ।

शाखा कार्यालयका प्रमुख राम सागर मेहेताका अनुसार यस वर्ष ४० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य रहेको बताउनुभयो । केन्द्रले निर्देशन दिए ३० हजार क्विन्टल मध्यम र मकवानपुर धान खरिद गर्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो । गत वर्ष मंसिर तेस्रो साताबाट धान खरिद सुरु भएको थियो । यस वर्ष मोटा धानको बजेट चाडै निकासा भएका कारण खरिद प्रक्रिया पनि छिट्टै सुरु भएको कार्यालयले जनाएको छ । 


प्रतिक्रिया