मुर्ती विसर्जन गर्न गएका ३ जना वेपत्ता, २ को मृत्यु

कार्तिक ७, २०८०
रुपन्देहीमा खोलामा डुबेर २ जनको मृत्यु भएको छ । एकजना वेपत्ता भएका छन् ।
कोटहीमाई १, अमरजगंज स्थित दुई मुहान खोलामा दुर्गा भवानीको मुर्ती विसर्जन गर्न गएका मध्ये ३ जना खोलमा डुबेका थिए । २४ वर्षीय अजय कुमार नाउ र १८ वर्षीय अजय भरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक किशोर केसीका अनुसार बेपत्ता २० वर्षीय सन्त कुमार राजभरको खोजी जारी छ । विजया दशमीका दिन आज दिउंसो गाउंका सयौं मानिस मुर्ती विसर्जन गर्न खोलामा गएका थिए ।