गणेश नेपालीको शव बझाङ पठाइयो

कार्तिक १०, २०८० | धनगढी

हमासले इजरायलमा गरेको आक्रमणमा परि मृत्यु भएका बझाङ जयपृथ्वी ६ का गणेश नेपालीको शव धनगढीबाट बझाङ पठाइएको छ । शव आजै उनको परिवारलाई बुुझाइने छ । नेपाल प्रहरीको टोलीले काठमाण्डौंबाट शवबहानमा धनगढी पुर्‍याएको थियो । 

धनगढीबाट गएराति नै सोही प्रहरी टोलीका साथ एम्बुलेन्समार्फत बझाङ पठाइएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीले बताउनुभयो । शवलाई दुबईको विमानमार्फत हिजो बिहान काठमाडौं ल्याइएको थियो ।

सोही घटनामा मृत्यु भएका चार जनाको शव यसअघि धनगढी लगिएको थियो । हालसम्म नेपालीसहित दार्चुला मालिकार्जन ४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम ५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी ४ का नारायण प्रसाद न्यौपाने तथा कैलालीको जोशीपुरका आशिष चौधरीको शव ल्याइसकिएको छ । अझै पांच जनाको शव ल्याउन बांकी छ ।


प्रतिक्रिया