पाल्पामा टिपर दुर्घटनाः एकको मृत्यु, ३ जना घाइते

कार्तिक २२, २०८० | पाल्पा

पाल्पाको निस्दी गाउँपालिका–७, ज्यामिरेमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । 

पूर्वखोला गाउँपालिका वडा नं. २ जल्पाकी १९ वर्षीया दिलकुमारी आलेको दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

 टिपरबाट हाम फाल्दा सोहीटिपरको टायरेले किच्दा आलेको घटनास्थमै मृत्यु भएको प्रहरीले जनाएको छ । निस्दी गाउँपालिका–७, ज्यामिरे मोटेखर्कस्थित ज्यामिरेदेखि नवलपुर सर्दितर्फ जाँदैगरेको लु २ ख ५२९ नम्बरको टिपर ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी निस्दी गाउँपालिका– ७, ज्यामिरेकी २५ वर्षीया हिमाली आले, टिपर चालक मकवानपुरको मनहरी गाउँपालिका ९ का २६ वर्षीय अन्जन सुनार र सह चालक मकवानपुरको हेटौडा ९ का आषिश सुनार घाइते भएको पाल्पाका प्रहरी प्रवक्ता सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।  


प्रतिक्रिया