ताप्लेजुङमा राति १० वजेसम्म मात्रै देउसी भैलो खेल्न पाइने

कार्तिक २२, २०८० | ताप्लेजुङ

ताप्लेजुङमा राति १० वजेसम्म मात्रै देउसी भैलो खेल्न पाइने भएको छ । 

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले आज सुचना जारी गर्दै अन्य ब्यक्ति, टोल, छिमेक, समुदायलाई असर नपर्ने गरि राति १० बजेसम्म मात्र तिहार मनाउन आग्रह गरेको हो ।

ताप्लेजुङका निमित्त प्रमुख जिल्ला अधिकारी टंक प्रसाद भट्टराईका अनुसार पटका आतिसवाजी जस्ता विष्फोटक तथा अति प्रज्वलनशील पदार्थको आयात, विक्रि वितरण, ओसार पसारमा कडाइ गरिएको छ । जुवा तास जस्ता कानुनद्धारा निषेधित कार्य नगर्न नगराउन प्रशासनले अपिल गरेको छ ।

तिहार नजिकिएसँगै जिल्लाको सुरक्षा व्यवस्था मजबुत बनाउँदै विशेष सुरक्षा योजना लागु गरिएको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया