लुम्बिनीको मायादेवी मन्दिरमा करीब ६५ लाख रुपैयाँ दान संकलन

कार्तिक २२, २०८० | तिलोत्तमा

मायादेवी मन्दिरमा राखिएका दान पेटिकामा करीब २५ लाख रुपैयाँ संकलन भएको छ । आर्थिक वर्ष २०८०/८१ अन्तर्गत पहिलो पटक बुधबार सम्पन्न दानपेटिका गणनामा ६४ लाख ७६ हजार ९ सय ६० रुपैयाँ संकलन भएको लुम्बिनी विकास कोषले जनाएको छ । 

सोमबार लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईको नेतृत्वमा स्थानीय तहका जनप्रतिनिधि, सुरक्षाकर्मी, प्रहरी र अन्य सरोकारवालाको उपस्थितिमा दानपेटिका खोलिएको थियो । 

पहिलो दिन सोमबार २३ लाख ६६ हजार ४ सय २२, मंगलबार २१ लाख ४९ हजार ५ सय ३८ र बुधबार तेस्रो दिन १९ लाख ६१ हजार रुपैयाँ गणना भएको कोषका कोषाध्यक्ष ढण्डिराज भट्टराईले जानकारी दिनुभयो । 

मायादेवी मन्दिरको अवलोकनमा आएका भक्तले चढाएको दानको आम्दानीबाट कोषको आन्तरीक खर्च व्यवस्थापन हुँदै आएको उहाँले बताउनुभयो । 

दानपेटिकामा संकलित दान पारदर्शी बनाउने गरी गणनाको व्यवस्था मिलाईएको उहाँको भनाई छ । कोषका कोषध्यक्ष भट्टराईका अनुसार पछिल्लो समय लुम्बिनीमा आन्तरीक तथा बाहृय पर्यटक बढ्न थालेका छन् ।


प्रतिक्रिया