शनिबारदेखि बुटवलमा तीन दिने 'दीपावली महोत्सव' हुने

कार्तिक २३, २०८० | तिलोत्तमा

आसन्न तिहारलाई लक्षित गर्दै रुपन्देहीको बुटवलमा तीन दिने दीपावली महोत्सव आयोजना गरिएने भएको छ । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा बुटवलको मुख्य बजार अमरपथ क्षेत्रमा यही कात्तिक २५ देखि २७ गते ‘दीपावली महोत्सव–हुने भएको हो । 

संघको शुक्रबार बसेको कार्यसमिति बैठकले दीपावली महोत्सव आयोजना गर्ने निर्णय सहित तयारी समिति र मातहतका उपसमितिहरु समेत गठन गरिएको महासचिव मुक्ति अधिकारीले जानकारी दिनुभयो । 

दीपावली महोत्सवको लागि बुटवल उपमहानगरपालिका संरक्षक तथा वडा नं. ४, ५ र ६ प्रवद्र्धकको रुपमा रहने छन् । संघले पहिलो पटक गर्न लागेको दीपावली महोत्सव महेन्द्रपार्कदेखि काठेपुलसम्म (अमरपथ लाईन) र नेपालगञ्ज रोडको कार्की मिनीमार्केट देखि ट्राफिक चोकसम्म सञ्चालन गरिने छ ।


प्रतिक्रिया