बैतडीमा जिप दुर्घटना हुँदा एकको मृत्यु, ५ जना घाइते

मंसिर २, २०८० | दार्चुला

बैतडीको दोगडाकेदार गाउँपालिका–३ मा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । दुर्घटनामा परि दोगडाकेदार गाउँपालिका–८ का ३५ वर्षीय अम्मर विष्टको मृत्यु भएको हो । 

कटौजपानीबाट सिल्लेगडा तर्फ आउँदै गरेको से १ ज ६०३ नम्बरको जिप दोगडाकेदार–३ घोडेधारमा शनिबार बिहान दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

घाइतेहरुको पहिचान खुल्न बाँकी रहेको बैतडी प्रहरीका प्रवक्ता खेमविक्रम केसीले बताउनुभयो । घटनास्थलतर्फ प्रहरी टोली खटिएको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया