बाघको आक्रमणबाट बर्दियामा २५ वर्षीया महिलाको मृत्यु

मंसिर ३, २०८०

बाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डीएसपी तुलसीराम अर्यालले बाघको आक्रमणमा २५ वर्षकी ममता सुनारको मृत्यु भएको जानकारी दिनुभयो । 

घाँस दाउराका लागि गएकी उनलाई आज दिउँसो राजापुर नगरपालिका–१० सुकुम्बासी टोल नजिक नेपाल भारत सीमाना नजिक वनमा बाघले आक्रमण गरेको थियो । आक्रमण बाट गम्भीर घाइते सुनारको जिल्ला अस्पताल गुलरियामा मृत्यु भएको हो ।

 उनीसँगै घाँस,दाउरा गर्न गएका अन्य २ महिला बाघको आक्रमण देखेपछि तर्सिएर बेहोस भएका छन् । उनीहरुको राजापुरमा उपचार भईरहेको हाम्रा सहकर्मी कमल पन्थीले जनाएका छन् । 


प्रतिक्रिया