भूकम्प प्रभावित परिवारलाई पहिलो किस्ताको रकम निकासा

मंसिर ४, २०८० | काठमाडौं

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विभिन्न जिल्लामा भूकम्पका प्रभावित परिवारका लागि अस्थायी आवास निर्माण गर्न पहिलो किस्ताको रकम निकासा गरेको छ । सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुको नाममा सो रकम निकासा भएको हो ।

 जसमध्ये भूकम्पबाट सबैभन्दा धेरै क्षति भएको जाजरकोट र रुकुम पश्चिमका लागि ५०–५० करोड, बझाङका लागि २५ करोड, बाजुराका लागि १४ करोड र सल्यानका लागि दुई करोड रुपैयाँ गरी जम्मा एक अर्ब ४१ करोड रुपैयाँ निकासा भएको प्राधिकरणले जनाएको छ ।

 प्राधिकरणले निकासा गरेको सो रकम स्थानीय तहमा तुरुन्तै पठाउन र प्रभावकारी कार्य सम्पादन गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई परिपत्र समेत भइसकेको छ । 

संघीय सरकारले भूकम्प प्रभावितलाई अनुदान दिने ५० हजार रुपैयाँमध्ये पहिलो किस्ता भूकम्प प्रभावितले स्थानीय तहमा गएर निवेदन दिए लगत्तै पाउने व्यवस्था गरिएको छ ।  


प्रतिक्रिया