बर्दियाको एक घरमा आगलागी, ४ जनाको मृत्यु

मंसिर ९, २०८०

बर्दियाको गुलरिया नगरपालिका–४ तुलापुरस्थित एक घरमा आगलागी हुादा चार जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । गएराति करीब १० बजेतिर घरमा आगलागी भएको हो ।

 जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुधीरराज शाहीका अनुसार आगलगीमा परि १८ महिनाका शिशु कार्तिक चन्द, ७ वर्षीय कृष चन्द, १० वर्षका मानसिं बुढा र ३२ वर्षीया राधा बुढाको मृत्यु भएको हो । 

घाइते २८ वर्षीया करिष्मा चन्दलाई उपचारका लागि गुलरियास्थित जिल्ला अस्पताल लगिएको छ । आगलागीको कारण खुल्न सकेको छैन । 


प्रतिक्रिया