प्रतिबन्धित लागूऔषधसहित बर्दियामा दुई जना पक्राउ

मंसिर १०, २०८० | बर्दिया

बर्दिया प्रहरीले भारतबाट लुकाई छिपाई भित्राइएको प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्युरो नेपालगन्ज र बर्दिया प्रहरीको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा बढैयाताल गाउँपालिका–८ पशुपति बजारबाट १४ ग्राम ९ सय ७० मिलीग्राम लागुऔषध सहित गुलरिया नगरपालिका–११ का ४२ वर्षका कलिम अहम्मद मनिहार र सोही ठाउँका ३५ वर्षिय अयोध्याय प्रसाद धोबीलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाविरुद्ध थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचनाका अधिकारी डिएसपी तुलसीराम अधिकारीले बताउनुभयो ।  


प्रतिक्रिया