विपिन जोशीको उद्दारका लागि विद्यार्थीहरुको आग्रह

मंसिर १२, २०८०

इजरेलमा आक्रमण गरेको हमास सशस्त्र समुहको नियन्त्रणमा रहेका विपिन जोशीको उद्दारका लागि चितवनको कृषि क्याम्पस रामपुरका विद्यार्थीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । अर्न एण्ड लर्न, पढ्दै कमाउंदै कार्यक्रम अन्तर्गत इजरायल पुगेका नेपाली विद्यार्थी जोशीको अवस्था र उद्दारका लागि पहल गर्न उनीहरुले सरकारसंग आग्रह गरेका हुन् । 

इजराइल–हमासको अस्थायी युद्धविरामसंगै दुवैतर्फबाट बन्धक बनाएकाहरुलाई छोड्नेक्रम जारी रहेका समयमा विपिन नछाडिएको पछि उनीहरुले दुख ब्यक्त गरेको छ । जोशीको रिहाइका लागि पहल गर्न सरकारसंग माग समेत गरेका छन् । कृषि क्याम्पस रामपुरका विद्यार्थी चेतराज जोशीले दुवैतर्फबाट बन्धक रिहाइ भएपनि नेपाल सरकार भने जोशीको अवस्थाबारे बेखबर भएकाले आफूहरुले बाध्य भएर ध्यानाकर्षण गराइएको बताउनुभयो ।  


प्रतिक्रिया