देशभरका कारागारमा विपश्यना ध्यान शिविर सञ्चालन हुने

मंसिर १२, २०८०

गृह मन्त्रालयले देशभरका कारागारमा विपश्यना ध्यान शिविर सञ्चालन गर्ने भएको छ । उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको संयोजकत्वमा बसेको बैठकले एक महिना भित्रै नक्खु कारागारमा हुने दश दिवसीय शिविरपछि अन्य कारागारमा पनि शिविर सञ्चालन गर्ने निर्णय गरेको हो । 

नेपाल विपश्यना केन्ऽका धर्मसेवक सुशील शाहका अनुसार केन्ऽकै व्यवस्थापनमा शिविर सञ्चालन हुनेछ । व्यवस्थापन अवस्थाअनुसार एकपटकमा ६०–७० जनाले योग्याभ्यास गर्नेछन् । केन्ऽीय कारागारसहित देशमा ७४ वटा कारागार छन् । त्यस्तै यसअघि नख्खु, भीमफेदी, परासी र विराटनगर कारागारमा पहिलो चरणको शिविर सम्पन्न भईसकेको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया