नेपालमा भारतीय हिन्दुत्वको प्रभाव बढ्योः बाबुराम भट्टराई

मंसिर १३, २०८० | काठमाडौं

पूूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले वर्तमान व्यवस्था विरुद्धका गतिविधि सल्बलाउनुमा भारतीय हिन्दुत्वको प्रभाव रहेको बताउनुुभएको छ ।

 कैलाश पर्वतदेखि समुन्द्री सतहसम्म अखण्ड भारतवर्ष हो भन्ने भारतीय दर्शन खतरनाक भएको र नेपालमा पनि त्यसको प्रभाव बढेको डा.भट्टराईको भनाई छ । भारतीय हिन्तुत्वको प्रभावको फाईदा नेपालमा राजतन्त्रबादीहरुले उठाउन खोजेको उहाँको भनाई छ ।

 राजनीतिक दलहरु सत्तास्वार्थमा लिप्त हुँदा आर्थिक रुपात्नरणको मुद्धा ओझेलमा परेकाले संघीय लोकतान्त्रिक व्यवस्थामा प्रहार हुन थालेको उहाँले टिप्पणी गर्नुभयो ।

पछिल्लो १ वर्षदेखि बाह्य शक्तिहरु वर्तमान व्यवस्था विरुद्धमा निकै सलबलाईरहेको डा भट्टराईले उल्लेख गर्नुभयो । सुगौली सन्धी देखि इपिजी प्रतिवेदन कार्यन्वयनको चरणसम्म आईपुुग्दा भारतले नेपालमाथि एकतर्फी दवाव सिर्जना गरेको उहाँले बताउनुभयो ।

 भारतीय हस्तक्षेपविरुद्ध दलहरुले प्रभावकारी आवाज उठाउन नसकेको डा भट्टराईले तर्क गर्नुभयो । भारतसंगको असमान सन्धी सम्झौता खारेज गर्न एव राष्ट्रिय सार्वभौम सत्ताको रक्षाका लागि दलहरु आन्तरिक रुपमा एक जुट नभए आगमी दिन निकै कठिनपूर्ण बन्दै जाने भट्टराईले चेतावनी समेत दिनुुभयो ।

भारतसँगको खुला सीमालाई व्यवस्थापन नगरे सम्म आर्थिक परनिर्भरता नहट्ने डा.भट्टराईले बताउनुुभयो । मुलुकमा आर्थिक विकास, एवं सुुशासन कायम गर्न उच्चस्तरीय आर्थिक पुूर्वाधार प्राधिकरण गठन गर्नुपर्नेमा भट्टराईले जोड दिनुुभयो । 


प्रतिक्रिया