तनहुँमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु

मंसिर १३, २०८० | काठमाडौं

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ स्थित घाँसीकुवामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ३४ जना घाईते भएका छन् ।

धरानबाट पोखरा जाँदै गरेको ग १ ख ७८९५ नम्बरको बस अनियन्त्रित भई दुर्घटना हुँदा धनकुटा साँगुरीगढी गाउँपालिका ९ का ४५ वर्षीय हस्त राई र हालसम्म स्थायी ठेगाना नखुलेका अन्दाजी ५०÷५५ वर्षका टोपबहादुर मगरको उपचारको क्रममा दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी नायब उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते भएकाहरुको दमौली अस्पताल र रत्नहरि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ । 


प्रतिक्रिया