शिशु र सुत्केरी दुवैको मृत्युपछि लमजुङ अस्पतालमा प्रदर्शन

अस्पतालको लापारबाहीले सुत्केरी र शिशु दुवैको ज्यान गएको भन्दै लमजुङ अस्पताल अगाडि प्रदर्शन गरिरहेका पीडित पक्ष । तस्बिरः तस्बिरः आश गुरुङ  

मंसिर १३, २०८० | लमजुङ

शल्यक्रियाबाट मृत शिशु जन्मिएको र उपचारका क्रममा सुत्केरीको पनि मृत्यु भएपछि पीडितपक्षले लमजुङको बेंसीसहरस्थित अस्पतालमा प्रदर्शन गरेका छन् । 

सुत्केरी गराउन गत सोमबार अस्पताल भर्ना भएकी मस्र्याङ्दी गाउँपालिका ९, पामचोककी २६ वर्षिया शोभा विकको उपचारका क्रममा मृत्यु भएको हो । शल्यक्रियाबाट मृत शिशु जन्माएकी विकको अस्पतालको लापारबाहीका कारण मृत्यु भएको पीडित पक्षले आरोप लगाउँदै प्रदर्शन गरेका हुन् । 

अत्याधिक रक्तश्रावका कारण विकको उपचार सो अस्पतालमा सम्भव नभपछि थप उपचारका लागि उनलाई चितवन मेडिकल कलेज रिफर गरिएको थियो । अस्पताल पुगेलगत्तै चिकित्सकले विकलाई मृत घोषणा गरेका थिए । 

 पीडित पक्षले शिशुको शव बेंसीसहरस्थित अस्पतालबाट उठाएका छैनन । विकको शवपनि ल्याएर अस्पतालमै राखिएको छ । 


प्रतिक्रिया