कैलालीमा विवाहका लागि गएका एक जनाको सामूहिक कुटपीटबाट मृत्यु, सात जना पक्राउ

मंसिर १३, २०८० | धनगढी

विवाहमा सरिक हुन गएका कैलालीका एक जनाको समूहिक कुटपीटबाट मृत्यु भएको छ ।

सामूहिक कुटपीटबाट गम्भिर घाइते भएका घोडाघोडी नगरपालिका २ का २६ वर्षीय मोहन अधिकारीको टीकापुर अस्पतालमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार लम्कीचुहा नगरपालिका ९ घेराघाटमा आफन्तको विवाहमा गएका मोहन माथि स्थानीय विवेक भुल लगायत सात जनाको समूहले कुटपीट गरेको थियो । कुटपीटमा संलग्न भएको आरोपमा प्रहरीले विवेक सहित सात जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–९ का २८ वर्षीय बिर्ख भुल, २४ वर्षीय सोनु साउँद , २३ वर्षीय चक्र कुँवर, २० वर्षीय अकेश कुँवर, २३ वर्षीय निवन केशी, २५ वर्षीय रामलाल चौधरी र २४ वर्षीय विशाल कुमाल छन् ।

उनीहरुको सामूहिक कुटपीटबाट घाइते भएका अधिकारीको उपचारका लागि लम्कीस्थित लालरत्न अस्पताल लगिएको सो अस्पतालले नेपालगञ्ज रेफर गरेको थियो । तर, त्यहाँ पनि उपचार सम्भव नरहेको भन्दै अस्पतालले पुन टिकापुर पठाएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया