५५ इन्टरनेट सेवा कम्पनीलाई टिकटक बन्द गराउन दूरसञ्चारको निर्देशन

मंसिर १३, २०८०

नेपाल दूरसञ्चार प्राधिकरणले नेपालका विभिन्न भागमा इन्टरनेट सेवा प्रदान गर्दै आएका ५५ वटा कम्पनीलाई टिकटक सेवा बन्द गरे÷नगरेको बारे जानकारी दिन निर्देशन दिएको छ ।

 प्राधिकरणले एक सूचना जारी गर्दै २४ घण्टा भित्र जानकारी उपलब्ध नगराए कम्पनीको अनुमतिपत्र खारेजीसम्मको कारबाही गर्ने चेतावनी दिएको हो । 

विषेश गरि काठमाडौं उपत्यका बाहिर इन्टरनेट सेवा प्रदान गर्ने कम्पनीहरुको सूची नै प्रकाशित गरी तोकिएको अवधिमा जवाफ प्राप्त नभएमा दूरसञ्चार ऐन, २०५३ बमोजिम अनुमतिपत्र खारेजीलगायतको कारबाही प्रक्रिया अगाडि बढाइने प्राधिकरणले चेतावनी दिएको छ ।

 यसअघि प्राधिकरणले कात्र्तिक २८, मंसिर २ र ५ गते सार्वजनिक सूचना जारी गर्दै टिकटकको पहुँचमा रोक लगाउने नेपाल सरकारको निर्णय यथाशीघ्र कार्यान्वयन गराउन, आग्रह गरेको थियो ।


प्रतिक्रिया