रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले, कोषाध्यक्षमा लीमा अधिकारी

मंसिर १३, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको उपसभापतिमा पार्टीका नेता एवं सांसद डा. स्वर्णिम वाग्ले मनोनयन हुनुभएको छ । महोत्तरीको जलेश्वरमा आज बसेको केन्ऽीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रतिनिधिसभा सदस्य वाग्लेलाई उपसभापतिमा चयन गरेको सांसद तथा केन्द्रीय सदस्य सोबिता गौतमले जानकारी दिनुभयो । 

यसअघि हिजो बसेको संयुक्त बैठकमा पार्टी सभापति रवि लामिछानेले वाग्लेलाई उपसभापति बनाउने प्रस्ताव गर्नुभएको थियो । त्यस्तै रास्वपाको कोषाध्यक्षमा लीमा अधिकारी मनोनयन हुनुभएको छ । रास्वपा सहमहामन्त्रीमा सांसद सुमना श्रेष्ठ र विपिन आचार्यलाई चयन गरिएको छ । 

सहप्रवक्तामा सांसद मनिष झा, प्रतिभा रावल र रमेश प्रसाईंलाई मनोनयन गरिएको छ भने सहकोषाध्यक्षमा दीपक बोहोरा र बसुमाया तामाङलाई जिम्मेवारी दिइएको हो । साथै रास्वपाले २१ सदस्यीय सचिवालय पनि गठन गर्ने निर्णय गरेको सांसद गौतमले जानकारी दिनुभयो ।


प्रतिक्रिया