एनसेल बिक्री गरेर नेपालबाट बाहिरिने अजियाटाको निर्णय

मंसिर १३, २०८० | काठमाडौं
दूरसञ्चार सेवा प्रदायक निजी कम्पनी एनसेलको माउ कम्पनी मलेसियाली दूरसञ्चार कम्पनी आजियाटाले नेपालबाट लगानी झिकेको छ ।
आजियाटा सञ्चालक समितिको बैठकले एनसेल बिक्री गरेर नेपालबाट बाहिरिने निर्णय गरेको हो । आजियाटाका प्रमुख कार्यकारी अधिकृत र प्रबन्ध निर्देशक विवेक सुदले व्यवसायिक चुनौतीहरु बढ्दै गएपछि बोर्डले नेपालबाट बाहिरिने निर्णय गरेको बताउनुभयो ।
यो निर्णयसँगै आजियाटालाई आफ्नो रणनीतिक प्राथमिकताहरू पूरा गर्न अझ बलियो स्थितिमा ल्याउने कम्पनीले जनाएको छ ।