समलिंगी जोडीले विवाहको मान्यता पायो

मंसिर १४, २०८० | काठमाडौं

नेपालमा पहिलो पटक समलिंगी जोडीको विवाहको मान्यता पाएको छ । लमजुङको दोर्दी गाउँपालिकाको २ नम्बर वडा कार्यालयले समलिंगी विवाह दर्ता गर्दै नेपालमा लैंगिक तथा यौनिक अल्संख्यकलाई विवाह अधिकारको कानूनी बाटो खोलिदिएको हो । समलिंगी विवाहलाई मान्यता दिने नेपाल एसियाको दोश्रो र दक्षिण एसियाको पहिलो मुलुक बन्दै इतिहास रचेका छ ।

 मुलुकी देवानी संहिता २०७४ ले प्रत्येक ब्यक्तिलाई कानुनको अधिनमा रही विवाह गर्ने, परिवार कायम गर्ने, तथा पारिवारिक जीवनयापन गर्न स्वतन्त्रता हुने ब्यवस्था गरे अनुसार यसअघि समलिंगी विवाह दर्ता हुन सकेका थिए ।


प्रतिक्रिया