एमाले मध्यपहाडी लोकमार्ग अभियान आजबाट

मंसिर १४, २०८० | काठमाडौं

राष्ट्रिय एकता, सामाजिक एवं धार्मिक सद्भाव तथा विकास र समृद्धिका लागि एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान आजबाट सुरु भएको छ । एमालेले बैतडीको झुलाघाटबाट पाँचथरको चिवाभञ्ज्याङसम्म एक हजार ८ सय ७९ किलोमिटरको पदयात्रा शुरु गरेको हो । अध्यक्ष केपी शर्मा ओलीले झुलाघाटमा राष्ट्रिय झन्डा झन्डोत्तोलन गरेपछि अभियानको प्रारम्भ भएको उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । झुलाघाटमा अध्यक्ष ओलीको सम्बोधन पछि आजै बैतडीको गोठालापानीमा आयोजित जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उपाध्यक्ष पौडेलको भनाइ छ ।

विकास निर्माण र सामाजिक एकताको सन्देश सहित मध्यपहाडी लोकमार्गका विभिन्न सस्थानमा भेला, अन्तरक्रिया, ऐतिहासिक स्थलको अवलोकन, उद्यमी व्यवसायीसँग भेटघाट, जनताका गुनासा सुन्ने एमालेले बताएको छ । करिब तीन साता हुने अभियान पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समापन हुनेछ । अध्यक्ष ओलीको नेतृत्वमा हुने अभियानमा पदाधिकारी, संगठन विभागका प्रमुख, स्थायी कमिटीका सदस्य सहभागी छन् । 


प्रतिक्रिया