कोप २८ आजबाट सुरु

मंसिर १४, २०८० | काठमाडौं

जलवायु परिवर्तन सम्बन्धी राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सनका पक्षराष्ट्रहरुको सम्मेलन कोप २८ आजबाट सुरु हुंदैछ । संयुक्त अरब इमिरेट्स युएइको दुबईमा हुने सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल हिजो त्यसतर्फ जानुभएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दुबई पुगेका प्रधानमन्त्री दाहालले त्यहाँ रहँदा जलवायु परिवर्तनका कारण हिमालय क्षेत्र परेको असरबारे सम्वोधन गर्ने कार्यक्रम छ ।

जलवायु परिवर्तनबाट हिमालय क्षेत्रमा परेको असरबारे प्रधानमन्त्रीले सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । जलवायु संकटबाट नेपालले बेहोरोको हानीनोक्सानी सम्वन्धी कोषबारे प्रधानमन्त्री दाहालले आवाज उठाउनुहुनेछ । दाहालले कोप २८ सम्मेलनको साइडलाइनमा उच्चस्तरीय भेटवार्ता समेत गर्ने तय भएको छ । प्रधानमन्त्रीले दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सँग साईडलाई भेटवार्ता गर्ने गरी परराष्ट्र मन्त्रालयले गृहकार्य गरेको छ ।

नेपाल युएइ ब्यापार शिखर सम्मेलनलाई समेत प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने कार्यतालिका छ । कोप सम्मेलनमा नेपालले अतिकम विकसित मुलुहरु एलडिसीको अध्यक्षका रुपमा एजेण्डा प्रस्तुत गर्नेछ । 


प्रतिक्रिया