मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका ३ जनाको मृत्यु

मंसिर १४, २०८० | काठमाडौं

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मकवानपुरगढी गाउँपालिका २ मा आज अपरान्ह् मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार एकै परिवारका तीनैजनाको मृत्यु भएको हो ।

२ जनाको घटनास्थलमा र एकजनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मकवानपुरगढी–२ धवाडी पुलस्थित भित्रिसडक खण्डमा सुकौराबाट कान्तिलोकपथ तर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई दर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार दुर्घटनामा मोटरसाइकलको पछाडी सवार ३४ वर्षीया रुपा स्याङ्तान र ५ महिने शिशुको घटनास्थलमा मृत्यु भएको हो ।

प्रवक्ता भण्डारीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक मकवानपुरगढी २ कुर्ले पाखाका ३५ वर्षीय भिम बहादुर स्याङ्तान गम्भीर घाइते भएका थिए । टाउकोमा चोट लागेका स्याङतानको चितवन स्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । 


प्रतिक्रिया