हुम्लामा यो वर्षकै पहिलो हिमपात

मंसिर १८, २०८० | काठमाडौं

हुम्लामा यो वर्षकै पहिलो हिमपात भएको छ । मौसममा बदली भई गएरातिदेखि हुम्लामा भारी हिमपात सुरु भएको हो । गतवर्ष माघमा मात्रै हिमपात सुरु भएको र यस पटक भने मंसिर तेस्रो सातामै हिमपात भएको हो । हिमपातसँगै अत्यधिक चिसो बढेपछि जनजीवन प्रभावित भएको छ । हिमपातका कारण हुम्लाको एक मात्र हवाई यातायात सेवा अवरुद्ध हुने भएको छ ।

हुम्लाको माथिल्लो क्षेत्र नाम्खा गाउँपालिका लिमी, यारी, चाला क्षेत्रमा पनि भारी हिमपात भएको प्रमुख जिल्ला अधिकारी बिनो कुमार पोखरेलले जानकारी दिनुभयो । लामो समयदेखि हिउंदे झरी र हिउं नपर्दा निराश बनेका किसानहरु हिउं पर्न थालेपछि खुसी भएका छन् । 


प्रतिक्रिया