रेडियो कान्तिपुरको स्टेशन म्यानेजरमा आचार्य नियुक्त

मंसिर १८, २०८० | काठमाडौं

रेडियो कान्तिपुरको स्टेशन म्यानेजरमा समाचार सम्पादक पवन आचार्य नियुक्त हुनुभएको छ । 

आज एक कार्यक्रमका बीच कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले सम्पादक आचार्यलाई स्टेशन म्यानेजरको रुपमा नियुक्त गर्नुभएको हो । आचार्यले २०७२ देखि रेडियो कान्तिपुरको समाचार कक्षको नेतृत्व सम्हाल्दै आउनु भएको छ ।

 आचार्य विगत २२ वर्ष देखि रेडियो कान्तिपुरसँग आवद्ध हुनुहुन्छ । आचार्य नेपाल पत्रकार महासंघको एसोसिएट सचिव समेत हुनुहुन्छ । 


प्रतिक्रिया