लमजुङमा सामूहिक भोज खाँदा १ को मृत्यु, ३८ जना विरामी

मंसिर २४, २०८० | लमजुङ

लमजुङको सुन्दरबजार नगरपालिका–८डुडकुलामा सामूहिक भोज खाएर बिरामी भएकामध्ये १ जना महिलाको मृत्यु भएको छ ।

 भोज खाएपछि बिरामी परेकी बेंसीसहर नगरपालिका ४ पुरानकोटकी ३२ वर्षीया देवी परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । भोज खाएकामध्ये ३८ जनाको सुन्दर बजारस्थित नमुना अस्पतालमा उपचार भइरहेको छ । 

एकजना बिरामीलाई बेंसीसहरस्थित लमजुङ अस्पतालबाट चितवनको भरपुरस्थित पुरानो मेडिकल कलेज रिफर गरिएको प्रहरीले जनाएको छ । अस्पतालका अनुसार उपचार गराइरहेकामा १० जना पुरुष र २८ जना महिला छन् । ती मध्ये १५ वर्ष मुनिका ३ जना बालिका र ८ जना बालक छन् ।


प्रतिक्रिया