कोशीमा कर्मचारी भर्ना गर्ने बाटो खुला

फाइल फोटो  

मंसिर २५, २०८० | विराटनगर

कोशी प्रदेशमा निजामति सेवा ऐनको पहिलो संशोधन विधेयक पारित भएसँगै प्रदेशमा कर्मचारी भर्ना गर्ने बाटो खुलेको छ ।

कोशी प्रदेश सभाको आज बसेको बैठकले विधेयक पारित गरेको हो । प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री समशेर राईले संसोधन विधेयक पारितका लागि गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको थियो । यसअघि प्रदेश सरकारले ऐेन ल्याएपनि केही त्रुटी र अस्पष्टताले कर्मचारी भर्ना प्रक्रिया रोकिएको थियो ।

मख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको तथ्यांक अनुसार प्रदेशमा कूल ३ हजार ९ सय ३६ कर्मचारी दरबन्दी भएपनि हाल १ हजार ७ सय ८४ कर्मचारी मात्रै कार्यरत छन् ।

विधेयक पारित भएसँगै प्रदेश सरकारले हालसम्म झेल्दै आएको कर्मचारी अभाव अब अन्त्य हुने मुख्यमन्त्री केदार कार्कीले बताउनुभयो । तत्काल प्रदेश लोक सेवा आयोगमार्फत विज्ञापन गरेर कर्मचारी भर्ना प्रक्रिया सुरु गरिने कार्कीको भनाई छ ।  


प्रतिक्रिया