बाराको सिम्रौनगढमा गोली लागी एकजनाको मृत्यु

मंसिर २७, २०८०

बाराको सिम्रौनगढ नगरपालिकामा आन्दोलनरत शिक्षक–कर्मचारी र प्रहरीबीच झडपका क्रममा एक जनाको मृत्यु भएको छ । झडपले उग्र रुप लिादै गएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्दा टाउकोमा गोली लागेका सिम्रौनगढ नगरपालिकाका २५ वर्षीय लक्ष्मी मुखिया बिनको मृत्यु भएको हो । उनको नारायणी अस्पतालमा मृत्यु भएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिनुभयो । झडपका क्रममा १० जना प्रहरी घाइते भएका छन् । 

आन्दोलरत शिक्षक कर्मचारीले नगर प्रमुख किशोरी साह कलवार र प्रमुख प्रशासकीय अधिकृत महेश मिश्रलाई आक्रमणको प्रयास गरेपछि विरोध प्रदर्शन चर्किएको थियो । सोही क्रममा प्रहरी र आन्दोलनरत कर्मचारी र शिक्षकबीच धकेलाधकेल भएपछि प्रहरीले लाठीचार्ज गरेर स्थिति नियन्त्रणमा लिएको थियो । केहीबेरपछि पुन विरोध बढेपछि प्रहरीले टियर ग्यास र हवाई फायर गरेको बरा प्रहरीका एसपी सुरेन्द्रप्रसाद काफ्लेले बताउनुभयो । 


प्रतिक्रिया