बाजुरामा ट्याक्टर दुर्घटना, चार जनाको मृत्यु

पुस १, २०८०

बाजुराको गौमुल गाउंपालिकाको मेलकादमा ट्याक्टर दुर्घटना हदााु चार जनाको मृत्यु भएको छ । सदरमुकाम मार्तडीबाट गौमूलको घटमुनातर्फ जांदै गरेका सु प्र प्र ०१००२ त ४१०५ नम्बरको ट्याक्टर मेलकांदमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

सो दुर्घटनामा गौमलु गाउंका ३३ वर्षीय चालक हिक्मत रोकाया, बडिमालिका नगरपालिका २ का ३८ वर्षीय देवराज जोशी, बडिमालिका नगरपालिका १ का ३५ वर्षीय चन्द्रबहादुर दानी र बडिमालिका २ कि ३० वर्षीया कीर्ति रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका डिएपी कबिन्द्र बोहराले जानकारी दिनुभयो । उहााका अनुसार अर्को ट्याक्टरलाई ओभरटेक गर्न खोज्दा दुर्घटना भएको थियो । 


प्रतिक्रिया